INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका, इन्द्रेणीपथका ३९ वर्षीय चन्द्रबहादुर कुँवरलाई साउन २८ गते घरबाटै गिरफ्तार गर्‍यो ।

आरोपितले पीडित महिलालाई साउन २३ गते बलात्कार गरेको भनी पीडितले साउन २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २३ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो