INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-६ का २९ वर्षीय उमेश दनुवारविरूद्ध ०८० साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले ललाई फकाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते धुलिखेल अस्पतालमा भयो । आरोपित फरार रहेका कारण खोजतलास भैरहेको डिएसपी न्यौपानेले बताउनु भयो ।

अन्य

भिडियो