INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिका र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डनदेउपुर नगरपालिका-११ घर भई सोही वडामा रहेको चण्डेनी माध्यामिक विद्यालयका शिक्षक ३२ वर्षीय बलेन्द्र भट्ट र सोही विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय हेमराज वि.क.विरूद्ध ०८० साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकाहरूलाई आरोपितहरूले साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण साउन २४ गते धुलिखेल अस्पतालमा भयो ।

उजुरीका आधारमा आरोपितहरूको खोजतलास भैरहेको छ भने तीनै जना पीडित बालिकाहरू हाल अभिभावककै संरक्षणमा रहेको डिएसपी न्यौपानेले बताउनु भयो ।

अन्य

भिडियो