जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६ गते सङ्खुवासभा प्रस्थान गर्दैछ । सो टोलीमा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारी, इन्सेकका सङ्खुवासभा प्रतिनिधि भविन कार्की र जिल्लास्थित अधिकारकर्मी सहभागी हुने इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बताउनु भयो ।
सो टोलीले कारागार प्रशासन, प्रहरी, प्रमुख जिल्ला अधिकारी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका जिल्लास्थित नेतृत्व, पीडितका आफन्त तथा सरोकारवालासँग छलफल गर्ने संयोजक थापाले बताउनु भयो । स्थलगत अध्ययन पश्चात प्रारम्भिक प्रतिवेदन एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने इन्सेकले जनाएको छ ।
जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरिरहेका दुई जना कैदीको साउन २४ गते भएको मृत्युमा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ । सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभा सांसदको माग
कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी
जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन