INSEC Online

📅 २०८३ जेष्ठ २१

उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभा सांसदको माग

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभाका सांसद राजेन्द्र कार्कीले माग गर्नु भएको छ । निर्वाचन क्षेत्र नं १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य कार्कीले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नु भएको हो ।

प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले भन्नु भयो-‘कैदीको मृत्यु रहस्यमय घटना छ । यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक छ ।’ घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको पनि प्रदेशसभा सदस्य कार्कीले बताउनु भयो ।

Rajendra Karkee

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरिरहेका दुई जना कैदीको साउन २४ गते भएको मृत्युमा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ । सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी ०८० साउन २४ गते कारागारबाट भाग्ने प्रयास गरेको प्रहरीको आरोप छ । तर, त्यसपछि प्रहरीले कुटपिट गरेर दुई जनाको हत्या गरेको पीडित पक्षले आरोप लगाउँदै आएको छ । घटनाबारे विस्तृत अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापा र प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारी साउन २६ गते विराटनगरबाट सङ्खुवासभा जान लागेको इन्सेकले जनाएको छ ।

कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी

जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु

अन्य

भिडियो