३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका-२ का ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले ०८० साउन २३ गते बाँकेबाट गिरफ्तार गरेको छ ।
पीडित महिलासँग आरोपितले फेसवुक र अन्य सामाजिक सञ्जालमा साथि बनेर नजिक भई उहाँका फोटो तथा गोप्य भिडियो बनाएर नक्कली फेसवुक प्रोफाइलबाट विभिन्न सामाजिक प्लेटफर्ममा अपलोड गर्ने र पीडितकी आफन्तलाई पठाएर दुर्व्यवहार गरेको भन्दै पीडिले साउन २२ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिनुभएको थियो ।
पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेको सहयोगमा आरोपितलाई साउन २३ गते बाँकेबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
नेपाल प्रहरीको साइवर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट साउन २४ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिनुभयो ।