३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-२ स्थायी घर भइ विराटनगर महानगरपालिका-४ बस्दै आएका ४२ वर्षीय चिकित्सक दीपेन्द्रकुमार महतोलाई गिरफ्तार गरेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय खार्जी, विराटनगरमा कार्यरत आरोपितले मादक पदार्थ सेवन गरी पीडितकै घरमा साउन २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।
यातायात व्यवस्था सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रका लागि आवेदनकर्ताहरूको (भिजन टेष्ट) का रूपमा कार्यरत आरोपितले यौन दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घटनास्थल विराटनगर महानगरपालिका-४ बाट गिरफ्तार गरेको इन्स्पेक्टर पप्पु नायकले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २२ गते गरिएको छ ।