INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ४३ दिन कैद सजाय फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०८० साउन १९ गते मकवानपुरगढी गाउँपालिका-१, रानिशेराका ३९ वर्षीय मान बहादुर घलानलाई ४३ दिन कैद सजाय हुने फैसला सुनाएको छ ।

पीडितलाई १० हजार रुपियाँ क्षतिपुर्ति भराउने समेत फैसला भएको अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०७९ चैत २९ गते यौन दुर्व्यवहार गरेको भन्दै घलानविरूद्ध पीडित पक्षले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३० गते हेटौँडा अस्पतालमा भयो । आरोपित सोही दिन गिरफ्तार भएका थिए ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी ०८० वैशाख २१ गते जिल्ला अदालतमा बालयौन दुरुपयोग कसुरमा मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो