सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुत राष्ट्रिय मानव अधिकार आयोगकरगते साउन भूमिका खेलेको छः ले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । आयोगले साउन १९ गते आयोजना गरेको मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले मान्छेको टाउकाको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि गरेको काम महत्त्वपूर्ण रहेको बताउनु भएको हो ।
“साधन स्रोतको सीमितताका बावजुत पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ । चरम द्वन्द्वको समयमा सबै अप्ठ्याराहरुका बावजुत पनि जुन भूमिका निर्वाह गर्दै आएको छ । यो निकै महत्त्वपूर्ण छ ।”-मन्त्री शर्माले भन्नुभयो । उहाँले मानव अधिकारलाई बाहिर भएका कागजात पनि सङ्कलन गरेर राख्न र अभिलेखहरुलाई डिजिटलाइज गरेर राख्ने प्रवन्ध मिलाउन आग्रह गर्नुभयो ।
आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामर्थ्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभयो । नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आसियानी मेडागानगाडा लावेले राष्ट्रिय मानव अधिकार आयोगले गरेको कार्यका लागि बधाई दिँदै तथ्याङ्क सङ्कलन र दस्तावेजिकरणको काम निकै महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।
