INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट

कास्की जिल्ला अदालतले आर्थिक वर्ष ०७९/०८० मा गत वर्षभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा जिम्मेवारी सरेका आएका २४ सय ३७ र यस वर्षका ३ हजार ९ सय २४ गरी कुल ६ हजार ३ सय ६१ थानमुद्दा दर्ता भएकोमा ४ हजार १ सय १४ थान मुद्दा फर्स्यौटभएको अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्यालले बताउनु भयो । उहाँका अनुसार यो संख्या लक्ष्यभन्दा बढी हो ।

गत आर्थिक वर्ष ०७८/०७९ मा ३ हजार १३ थान  मुद्दा फर्स्यौट  भएका थिए । आर्थिक वर्ष ०७७/०७८ मा २ हजार १ सय ४६ थान मुद्दामात्र फर्स्यौट भएका थिए । यो वर्ष जिम्मेवारी सरेर आएका १९ सय ७४ थान र  नयाँ दर्ता २ हजार २ सय ४७ थान  गरी ४ हजार २ सय २१थान मुद्दा दर्ता भएका थिए ।

चालु आर्थिक वर्षमा २ सय २ सय ५० थान मुद्दाको जिम्मेवारी सरेको छ । यसमध्ये ६ थान  मुद्दा दुई वर्ष नाघेका छन् ।

अन्य

भिडियो