INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिलाई कुटपिट गरेको आरोप लागेका असई निलम्बित

इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि तथा पत्रकार मनोहरकुमार पोखरेललाई कुटपिट गर्ने असई राजेश्वर महतो साउन १७ गतेदेखि निलम्बित भएका छन् ।

इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा मधेस प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन १५ गते मधेस प्रदेश कार्यालयलाई महतोको निलम्बनको लागि सिफारिस गरेको थियो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम आरोपित महतोलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडितको न्यायका लागि उनीसँगै उजुरी दर्ताका विषयमा समाचार सङ्कलन गर्न साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरी पुग्नुभएका पोखरेललाई धनुषाको मिथिला नगरपालिका–४ घर भई नागरिक सहायता कक्षमा कार्यरत असइ महतोले दुर्व्यवहार गर्दै संवेदनशील अङ्ग र अनुहारमा बुट र मुक्काले प्रहार गरेका थिए ।

अन्य

भिडियो