INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ ।

अज्ञात समूहले साँगुरीगढी गाउँपालिका-६ भेडेटार र महाभारत जाने कच्ची बाटोको नजिक कोलबोटेमा असार १२ गते राति करिब ८ बजे सिलिण्डर बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए ।

बम विष्फोट गराउनेको पहिचान हुन नसकेपनि निर्वाचन नचाहने समूहले तर्साउनलाई सिलिण्डर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । धनकुटा नगरपालिका-६ मा पनि असार ११ गते राति बम विष्फोट गराइएको थियो ।

अज्ञात समूहले सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक राति १० बजे बम विष्फोट गराएको हो । निर्वाचन केन्द्रबाट करिव २ सय मीटर उत्तर पश्चिममा विष्फोट भएको थियो । घटनास्थलमा सिलिण्डरको खवटाहरू भेटिएकाले सिलिण्डर बम विष्फोट गराइएको नेपाली सेनाको श्रीमेहर गणका गणपति बासुदेव धिमालले बताए ।

दुवै स्थानमा भएका विष्फोटबाट मानवीय क्षति भने भएको छैन । विष्फोटको ठूलो आवाज आएपछि सर्वसाधारणहरू त्रसित भएका छन् । विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो