मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा गरेको विरोध प्रर्दशनमा गरेका छन् । आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको र पाँच जनालाई गिरफ्तार गरेको इन्सेककर्मीलाई जानकारी दिएको छ ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवाद सुरू भएको थियो । पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए । अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको जनाएको छ ।

















