३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-१२ निवासी मिटरब्याजी ३६ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ ।
आफूले उपचारका लागि ऋण लिएको पैसा तिर्न नसक्दा घर कब्जा गरी आरोपित मालीले र साथिसमेत लगाएर पटक पटक बलात्कार गरेको भन्दै पीडितले साउन ११ गते प्रहरी वृत्त, सातदोबाटोमा उजुरी दिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ११ गते पाटन अस्पतालमा भयो ।
प्रहरीले आरोपितमाथि साउन १२ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको एसपी कार्कीले जानकारी दिनुभयो ।