INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङको घोराही उपमहानगरपालिका-१९ घर भई धुनीबेसी नगरपालिका-५ मा बस्ने ४५ वर्षीय बुबाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन ११ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् ।

पीडितलाई आरोपितले अन्तिम पटक ०८० वैशाख ११ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

आरोपितलाई दाङको घोराही उपमहानगरपालिका-१९ बाट साउन १० गते गिरफ्तार गरी जिल्ला अदालतको आदेशले हिरासतमा राखिएको डिएसपी जैसवारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते धादिङ अस्पतालमा भयो । पीडितको गर्भमा पाँच महिनाको बच्चा भएकोले थप उपचारको लागि साउन ११ गते काठमाडौँको थापाथलीस्थित प्रशुति गृहमा लगिएको छ ।

अन्य

भिडियो