INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले कार्यकर्ताद्वारा काङ्ग्रेस कार्यकतालाई खुकुरी प्रहार गरेको आरोप

मेल्लेख गाउँपालिका-५ सरानी गाउँमा असार १२ गते बिहान नेपाली काङ्ग्रेसका दुई जना  कार्यकर्तालाई नेकपा (एमाले) का कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ ।

खुकुरी प्रहारबाट सरानी गाउँ निवासी सहोदर दाजुभाइ युवराज र प्रकाश खड्काको टाउको र हातमा चोट लागेको बताइएको छ ।

घाइतेको मेल्लेख स्वास्थ्य केन्द्रमा उपचारपाछि थप उपचारका लागि बयलपाटा अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरेको आरोपमा छिमेकीसमेत रहेका एमाले कार्यकर्ता हेमराज खड्का, केशर खड्का, उमेश खड्का र कृष्ण खड्कालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । असार ११ गते बेलुकी दुवै छिमेकी परिवारबिच सामान्य झगडा भएको जनाइउको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले घटना राजनीतिक भएपनि सामान्य भएको बताए । प्रमुख जिल्ला अधिकारी विष्टले घटना अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।

अन्य

भिडियो