यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने धारणा एक कार्यक्रमका सहभागीहरूले राखेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलले असार १२ गते तानसेनमा आयोजना गरेको मानव अधिकारकर्मी र पर्यवेक्षकहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा मानव अधिकार आयोगका मानव अधिकार अधिकृत जागेश्वर चापागाई र कल्पना नेपालले मानव अधिकार र आयोगको कामका विषयमा जानकारी गराएका थिए ।
इन्सेकका पर्यवेक्षकबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले इन्सेकमार्फत पाल्पा जिल्लामा पर्यवेक्षण गर्ने पर्यवेक्षकहरूसँग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा पर्यवेक्षकहरूले एक आपसमा मिलेर सूचना सङ्कलन, सूचनाको आदानप्रदान र अनगुमनलाई समन्वयात्मक बनाउने सहमति गरेका छन् । पाल्पामा इन्सेकमार्फत सात जना पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।