INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-२, पाँचधारा घर भई नागार्जुन नगरपालिका-६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३० गते सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते प्रहरी वृत्त, स्वयम्भुमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि महर्जनलाई सीतापाइलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते थापाथलीस्थित प्रसुति गृहमा भयो ।

प्रहरीले आरोपितमाथि जिल्ला अदालत, काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको एसपी रिजालले बताउनु भयो ।

अन्य

भिडियो