३३ बर्षिया महिलालाई बलात्कार गरेका आरोपित गोलबजार नगरपालिका–१३ का २७ बर्षीय रामबाबु सिंहलाई इलाका प्रहरी कार्यालय गोलबजारले साउन ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई जेठ २३ गते बलात्कार गरेको आरोपमा जेठ २४ गते पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा जेठ २४ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर डुपेन्द्र बहादुर बुढाथोकीका अनुसार घटना पछि आरोपित फरार रहेका थीए । फरार आरोपितलाई साउन ८ गते प्रहरीले गिरफ्तार गरेका छ र साउन ९ गते थप अनुसन्धानको लागी अदालतबाट म्याद थप गराउने उहाँले बताउनु भयो ।