INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका-७ का २१ वर्षीय दाइलाई प्रहरीले ०८० साउन ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ६ गते घर नजिकैको जङ्गलमा फकाएर र धम्की दिएर बलात्कार गरेको भन्दै पीडितले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ७ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो ।

अन्य

भिडियो