INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरीत गृहमन्त्रीद्वारा चुनावी सभामा सम्बोधन

सुरक्षा अनुगमनका लागि दाङ आएका गृहमन्त्री जनार्दन शर्माले असार ११ गते आचारसंहिता विपरीत नेकपा माओवादी केन्द्रद्वारा आयोजित चुनावी सभामा भाग लिएका छन् ।

उनले राप्ती गाउँपालिका-१ भालुवाङ, लमही नपा-२ सुनडवरी, गढवा गाउँपालिका-१ गढवा र घारोही उमनपा-१० नारायणपुरमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा पुगेर माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

त्यसैगरी घोराही उमनपा-२ को रामपुरमा नेपाली काङ्ग्रेस घोराही उमनपाका सहसंयोजक रेवती घिमिरेले २१ थान विद्युत पोल असार १० गते वितरण गरेको आरोप छ ।

विद्युत पोल बोकेर गएको गाडीले बालापुर भन्ने स्थानमा नौ ओटा विद्युत पोल खसालेको पाइएको छ भने सोही ठाउँ नजिकै थप १२ ओटा पोल खसाल्दै गर्दा एमालेका कार्यकर्ताहरूले समातेर प्रहरीलाई बुझाएको बताएका छन् ।

नेपाली काङ्ग्रेसका नेता घिमिरेको नाममा विल काटेर लगिएको पोल आचारसंहिता विपरीत मतदाताहरूलाई प्रलोभनमा पार्ने र झुक्याउने कार्य गरेको भन्दै रामपुर प्रहरीले ती पोल प्रहरी चौकीमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए ।

अन्य

भिडियो