INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा गण्डक गाउँपालिका– ७ स्थायी घर भई हाल पोखरा बस्ने २४ वर्षीया महिलालाई कुटपिट गरेर लुटपाट गरेको आरोपमा धादिङ बेनीघाट रोराङ गाउँपालिका– १० डुंगे घर भएका २५ वर्षीय ‘दिपेन गुरुङ’ भनिने सन्तबहादुर मगरलाई वडा प्रहरी कार्यालय वैदाम पोखराले साउन ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिला साउन ६ गते बिहान ७ बजे पोखरा उपमहानगरपालिका– १८ गुफाडाँडामा रगताम्मे अवस्थामा भेटिएनु भएको थियो ।  घाइते महिलाको टाउको तथा दायाँ आँखामा गम्भीर चोट लागेको थियो ।

घाइते महिलासंग घटनाबारे सोधपुछ गर्दा आरोपितले फलामको हथौडा तथा धारिलो हतियार चक्कु समेतले टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरेको बताउनुभएको थियो ।  महिलाले आफुलााई मरणासन्न अवस्थामा पुर्‍याई झाँडीमा फाली साथमा भएको नगद ४ हजार र मोबाइल फोन समेत लगेको बताएपछि प्रहरीले आरापितलाई गिरफ्तार गरेको वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेदजोशीले बताउनुभयो ।

आरोपित विरुद्ध जिल्ला अदालत कास्कीबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी जोशीले बताउनुभयो ।

पीडित महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो