वाणगङ्गा नपाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मङ्गलप्रसाद थारुको वाणगङ्गा नपा-११ कोदारीस्थित घरमा असार ११ गते बम फेलापरेपछि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।
सानो भाँडाभित्र बेरिएको अवस्थामा घरको कम्पाउन्डभित्र बम भेटिएपछि सेनाको टोलीले बम निष्त्रिmय बनाएको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सो घटनाका बारेमा हालसम्म कुनै पनि पक्षले जिम्मेवारी नलिएतापनि अनुसन्धान भने जारी छ ।