१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई असार ३१ गते १२ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैदका साथै ४ लाख रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ भराउने फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले २०७९ जेठ १९ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २१ गते उजुरी दिनुभएको थियो । सुतेको घरबाट लिएर गएका आरोपितले सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरस्थित सामुदायिक जङ्गलमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको सिरहास्थित जिल्ला अस्पताल सिरहामा ०७९ जेठ २१ गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई प्रहरीले ०७९ जेठ २३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७९ असार १४ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश ऋषिराम आचार्यको इजलासले आरोपित ०७९ असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।