INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले धनकुटा,सहिदभूमि गाउँपालिका –५ का ३९ वर्षीय सन्तोष राईलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालय, धनकुटामा उजुरी दिएको थियो ।

आरोपितले असार २४ गते हिले घुम्र जाउँ भनि तेहृथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको एक होटलमा बन्धक बनाइ  बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ असार २५ गते धनकुटा बजारबाट गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत साउन १८ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको  थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार भएपछि घटनास्थल तेहृथुम भएकाले तेहृथुम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको ०७९ साउन १८  गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असार २४ गते गरिएको थियो ।

अन्य

भिडियो