२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापाचौरका २८ वर्षीय बिमल हमाललाई असार २६ गते कुश्मिसेराबाट गिरफ्तार गरेको छ । पीडित युवतिलाई असार २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।
पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनु भयो । जिल्ला अदालत बागलुङबाट आरोपित हमाललाई करणी सम्बन्धी कसुरमा अनुन्धान गर्न पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पीडित युवतीको धौलागिरी अस्पताल बागलुङमा असार २६ गते स्वास्थ्य परीक्षण गरिएको छ ।