INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यालय प्रमुखमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

पूर्वधार बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख दत्त बुढाथापालाई हातपात गरेको आरोपमा प्रहरीले कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य छाँयानाथ रारा नगरपालिका—१ का ३७ वर्षीय दानसिहं परियार र नगरपालिका—६ का ४० वर्षीय वडा अध्यक्ष खेम बहादुर रावललाई असार २३ गते गिरफ्तार गरेको छ ।

चालु आर्थिक बर्ष २०७९।८०को पुर्वधार बिकास कोष अन्तर्गत सञ्चालित खर्कदार देखि रिगामाडु र माथि बालै हुदै माथितल्ला सम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानीका लागि दबाब दिदाँ आफूले अस्विृकार गर्दा आफू माथि निवर्तमान माननीय र वडा अध्यक्षले कार्यालय भित्र हातपात गरेको  निमित्त कार्यालय प्रमुख बुढाथापाले जानकारी दिनु भयो ।

कार्यालयमै पुगेर कार्यालय प्रमुखमाथि हातपात भएको भन्र्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी आएपछि आरोपितलाई सोधपुछका  जिल्ला प्रहरी कार्यालायमा ल्याएको हो । दुबै  पक्षसँग  छलफल गरेर मात्र कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुर्दशन पन्थीले जानकारी दिनु भयो ।

अन्य

भिडियो