INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीसँग बालविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सिरहाको लहान नगरपालिका–७ बिजुली कार्यालय का २५ वर्षीय दिपक मेहतर राउत र उनका बुबा ४६ वर्षीया दिलिपकुमार मेहतरविरुद्ध असार २४ गते बालविवाहको उजुरी दर्ता गरेको छ ।

राजविराज नगरपालिका–६ घर भई तर, सानैदेखि राजविराज नगरपालिका–५ स्थित मामा घर बसेर पढिरहेकी युवतीलाई ललाई फकाई प्रेमजालमा पारी आरोपितले असार ११ गते बालविवाह गरेका हुन् । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असार २१ गते आरोपितहरूविरुद्ध उजुरी दिनु भएको थियो । पहिलेदेखि नै विवाहित रहेका आरोपित सुँगुर व्यापारी रहेको र राजविराजस्थित नातेदार कहाँ आवतजावत गर्दा युवतीसँग भेटघाट हुने गरेको थियो ।

जिल्ला अदालतबाट असार २४ गते आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको र खोज तलास जारी रहेको एसपी नरेन्द्र कार्कीले बताउनु भयो ।

अन्य

भिडियो