INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कारका बिज्याईकर्ताविरुद्धको मुद्दा मुल्तबी

४० वर्षीया महिलालाई सामुहिक बलात्कार गरेका आरोपितहरू १५, १६ र १६ वर्षीय बालकहरू विरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट फरार रहेका बालबिज्याईकर्ताहरू विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको इजलास अधिकृत कुमार सुबेदीले जानकारी दिनुभयो ।

बालबिज्याईकर्ता बालकहरूले होली पर्वका दिन २०७८ चैत ४ गते दिउँसो सुरुङ्गा नगरपालिका–७ चकदहस्थित बलान खोला नजिक बाबुनन्द चौधरीको आँपको फूलबारीमा सामुहिक बलात्कार गरेको भन्दै पीडितले ०७८ चैत ४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो ।

बाख्रा चराउन गएकी पीडितलाई रंग खेल्दै पुगेका बिज्याईकर्ता बालकहरूले सामुहिक बलात्कार गरेको पीडितका पतिले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७८ चैत ४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले चैत १५ गते उजुरी दर्ता गर्‍यो । बालबिज्याईकर्ताहरू विरुद्ध ०७८ चैत १५ गते पक्राउ पुर्जी जारी भयो । जिल्ला अदालतमा ०७९ चैत ३ गते अभियोग पत्र दायर भई वारेण्ट सहितको पक्राउ पुर्जी जारी भएपनि बालबिज्याईकर्ता बालकहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो