INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी दर्ता

शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीको हत्याको आरोपमा उहाँका पति ३७ वर्षीय इन्द्रदेव चौधरीविरुद्ध असार २१ गते उजुरी दर्ता भएको छ ।

मृतकका बुबा श्रीनारायण चौधरीले दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले दर्ता गरेको जनाएको छ । प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले आरोपितलाई असार १९ गते नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता खुलेपछि उजुरी दर्ता गरिएको एसपी नरेन्द्र कार्कीले बताउनु भयो ।

खाना खाएर कोठामा सुत्नु गएकी पीडित असार १८ गते बेहोस अवस्थामा फेला पर्नुभएको थियो । पीडितको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित कृष्ण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको राजविराज नगरपालिका–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार १९ गते पोष्टमार्टम भयो ।

अन्य

भिडियो