INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–६ असलाडीका २६ वर्षीय बिक्रम बिष्टलाई ०८० असार २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असार २० गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर उमाकान्त जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मामाको घर गइरहेको बेला आरोपित बिष्टले यौन दुर्व्यवहार गरेकोले कानुनी कार्वाहीको मागराखि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका काकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २१ गते जोगबुढा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो