INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

खोराको मुख उपल्लो इदि उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई असार २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १७ गते कुटपिट गरेको भन्दै असार १९ गते प्रहरीमा उजुरी परेको थियो ।

खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण हुँदै गरेको सडक खण्ड निर्माणमा ढीला सुस्ती गरेको भन्दै गुरुङले कुटपिट गरेको पीडितको भनाइ छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो ।

अन्य

भिडियो