६ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका-१२ का ३४ वर्षीय अर्जून थापामगरलाई प्रहरीले ०८० असार २० गते पाँचखालबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरूलाई असार १९ गते पाँचखाल नगरपालिका-१२, निख्रेमा रहेको जस्ताको टहरोमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २० गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण सोही दिन धुलिखेल अस्पतालमा भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनु भयो ।