INSEC Online

📅 २०८३ जेष्ठ २१

इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न निर्वाचन आयोगको आग्रह

दोस्रो चरणमा हुन गइरहेको असार १४ गतेको निर्वाचनलाई इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आग्रह गरेका छन् ।

असार ९ गते दार्चुला जिल्लाको निर्वाचनको गतिविधि, सुरक्षा अवस्थाको समग्र जानकारी लिन दार्चुला पुगेका शाहले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका हुन् ।

अनुगमनको सिलसिलामा पुगेको आयोगको टोलीले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू र प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी, जिल्लास्थित सुरक्षा निकाय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

निर्वाचनलाई निष्पक्ष बनाउन निजामती कर्मचारी, सुरक्षा निकाय र स्थानीय प्रशासनबिचमा सञ्चार समन्वय हुन आवश्यक रहेको शाहले बताए । उनले निर्वाचनका क्रममा देखिने समस्याको समाधान गर्न पूर्वतयारीमा लाग्न जिल्ला सुरक्षा समितिलाई निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले जिल्लाका १ सय २८ वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी गराए । निर्वाचनको सुरक्षाका लागि जिल्लाभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी १ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका थिए ।

अन्य

भिडियो