सुनसरीको दुहवी नगरपालिका–७ माइती घर भइ मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित दुर्गाचन्द्र राईसमिल नजिक बस्दै आउनु भएकी २५ वर्षीया रेखा भगतलाई खकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति भवेन्द्र डेकालाई असार १८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० असार १८ गते खकुरी प्रहार गरी रेखाको दाहिने नाडी र दुई ओटा अौँला छिन्ने अवस्थामा पुर्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
स्थानीयले पीडितलाई उद्दार गरी विराट शिक्षण अस्पतालमा उपचार भर्ना गरिदिएको र पीडितको उपचार भइरहेको डिएसपी दाहालले बताउनु भयो ।
भारतको असम स्थायी घर भएका आरोपितलाई बुढीगंगा गाउँपालिकाबाट गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।