INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ३० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिकाका १७ वर्षीय एक बालकलाई असार १० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८० असार १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि वेलवारी नगरपालिका–१ स्थित लोहन्द्रा खोलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पताल, विराटनगरमा असार १० गते गरिएको छ ।

अन्य

भिडियो