INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय सोमलाल तामाङविरूद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० असार ११ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई बारीमा घाँस काट्न गएको बेला सोमलालले असार ३ गते बलात्कार गरेको भन्दै प्रहरीले असार ९ गते गिरफ्तार गरी अदालतको अनुमतिले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

यसैगरी सोही बालिकालाई जेठ ६ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ४३ वर्षीय डिलबहादुर रुम्बा तामाङविरूद्ध कारबाहीको माग गर्दै असार १० गते पीडत पक्षले उजुरी दर्ता गरेको डिएसपी जैसवारले जानकारी दिनुभयो ।

डिलबहादुरलाई असार ३ गते गिरफ्तार गरी हिरासतमा राखेको डिएसपी जैसवारले बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा भयो ।

अन्य

भिडियो