INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत गृहमन्त्रीले पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको आरोप

दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा आचारसंहिता विपरीत माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको नेकपा एमालेले आरोप लगाएको छ ।

जेठ ५ गते नेपालगञ्जमा प्रदेश नं. ५ का केही जिल्लाको सुरक्षा अवस्थाको बारेमा गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रम सकेर गृहमन्त्री शर्माले खजुरा गाउँपालिकाको रनियापुर र बैजनाथ गाँउपालिको सम्झना चोकमा माओवादी केन्द्रको सभालाई सम्बोधन गरेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले आरोप लगाए ।

उम्मेदवार मनोनयन दर्ताको क्रममा बैजनाथ गाउँपालिकामा असार ४ गते भएको झडपबारे बुझ्न उक्त ठाँउमा गृहमन्त्री पुगेको माओवादी केन्द्रले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले यस विषयमा उजुरी नपरेको बताउँदै उजुरी नपरेको विषयमा केही भन्न नमिल्ने बताए ।

अन्य

भिडियो