INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने

डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा सदस्यको उम्मेदवारी दिनुभएका उम्मेदवार ७० वर्षीय गोविन्दसिंह कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले आसार ६ गते मनोनयन दर्ता गर्दैछ ।

कार्की असार ४ गते मनोनयन दर्ता गराएर सामान्य अवस्थामा घर फर्किएपछि राति सुतेको र बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले उक्त वडाका लागि असार ६ गते बिहान आठ बजेदेखि ८ः४५ सम्म पुनः मनोनयन खुला गर्ने र त्यसपछि बेलुका ६ बजेसम्म उम्मेदवारलाई चिन्ह प्रदान गरिसक्ने नयाँ निर्वाचन कार्यक्रम निर्धारण गरेको छ ।

उक्त वडाका लागि उम्मेदवार उपर उजुरी दिने, मनोनयन जाँच गर्ने, नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम तालिकामा समेटिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख माधव फुयालले बताए ।

अन्य

भिडियो