INSEC Online

📅 २०८३ जेष्ठ २१

डडेल्धुरामा १७ वटा मतदान स्थल अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति डडेल्धुराले जिल्लाका १७ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निष्कर्षनिकालेको छ ।

१ सय १० मतदान स्थल र ७७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा ३४ स्थल सम्वेदनशील र २६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्षनिकालेको हो ।

चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी करूणकर अवस्थीले जानकारी दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी करूणकर अवस्थीका अनुसार जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मनोनयन दर्तासँगै डडेल्धुरामा चुनावी गतिविधि हृवात्तै बढेको छ भने दलहरू आ-आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् ।

अन्य

भिडियो