११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी, कञ्चनपुर नगरपालिका–१ का ५५ वर्षीय सुकदेव पाठकलाई असार २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र अन्तिम पटक असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० असार २ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर सुवास खनालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २ गते गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर ज्ञानेन्द्र झाले बताउनु भएको छ ।