रोल्पा सुनछहरी गाउँपालिका विद्यार्थीहरूमा अज्ञात रोगको सङ्क्रमण देखिन थालेको छ ।
सुनछहरी गाउँपालिका– ६ फगामास्थित नेपाल राष्ट्रिय माविका विद्यार्थीहरूमा अज्ञात रोगको सङ्क्रमण जेठ २० गतेबाट देखिएको हो ।
कक्षा चारदेखि कक्षा नौसम्मका १० जना भन्दा बढी छात्रा विद्यार्थीहरूमा एक्कासी बेहोस हुने, र बेहोस भएको लामोसमयसम्म पनि होस नआउने र बेहोस हुने क्रम दोहोरीने जस्ता समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन मगरले बताउनु भयो ।
बिरामीहरूलाई नजिकैको स्वास्थ्यसंस्थामा लगि उपचार गरिए पनि के कारणले कुन रोगका कारण त्यसो भएको भन्ने बारे थाहा नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर पुन मगरले बताउनु भयो ।
उपचार र रोगथामका लागि स्वास्थ्यकर्मीसँग निरन्तर परामर्श भइरहेको बताउदै मगरले एकपटक बिरामी भएको विद्यार्थीमासमस्या दोहोरीने गरेको बताउनु भयो ।
सुनछहरी गाउँपालिका स्वास्थ्यशाखा प्रमुख जगतबहादुर बुढा मगरका अनुसार विद्यार्थीहरूमा मास हिस्टेरियाको लक्षण देखिएको बताउनु भयो । उक्त लक्षण देखिएका विद्यार्थीहरुलाई केहि दिन विद्यालय नपठाइ घरमै आरम गराउन अविभावकहरूलाई सुझाव दिएको बताउनु भयो ।
उक्त समस्या छात्राहरूमा देखा परेको र भिडभाड भएको ठाउँमा यस्तो समस्या धेरै हुने गरेको छ ।
बिरामीहरूमा ढल्ने, हात खुट्टा फाल्ने, चिच्याउने र रुने जस्ता लक्षण देखिएका छन् ।