INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खङ्ग जेठ ३२ गते गिरफ्तार भएका छन् ।

पीडितका बुबाले ०७९ चैत २ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ९ गते दर्ता गरेर आरोपितको खोजी गरिरहेको थियो । अदालतबाट चैत १२ गते नै पक्राउ पुर्जी जारी भई खोजीमा रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी दिपककुमार रायले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भयो । अस्पतालका अनुसार पीडित ४ महिनाको गर्भवती रहेकी छिन् ।

आरोपितकी साली मुर्तिदेवी खङ्गको तिरहुत गाउँपालिका–२ स्थित घरकोठामा थुनेर ०७९ कात्तिक ७ गतेदेखि पटक–पटक बलात्कार गरेका कारण गर्भवती भएको पीडितले बताउनु भयो । मुर्तिदेवीका पति लक्ष्मण खङ्ग वैदेशिक रोजगारमा छन् ।

बलात्कार गरेको दृष्यको फोटो र भिडिओ झ्यालबाट लिएको र कसैलाई भनेमा फोटो र भिडिओ देखाएर जीवन बर्बाद पार्ने भनी मुर्तिदेवीले धम्की दिएकी पीडित पक्षको आरोप छ।

अन्य

भिडियो