INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बनमा परेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ०८० असार १ गतेको इजलासले शरणार्थी प्रकरणमा दुई साता लामो थुनछेक बहसपछि रायमाझी सहित गिरफ्तारीमा परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रायमाझीको सांसद पद निलम्बनमा परेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था रहेको छ ।

गत वैशाख २० गते गिरफ्तार पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले वैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका-५ पासिकोटबाट गिरफ्तार गरेको थियो ।

प्रहरीले जेठ १० गते सरकारी वकिलको कार्यालयको सहयोगमा जिल्ला अदालतमा ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र सङ्गठित अपराधको कसुरको मुद्दा दर्ता गराएको थियो ।

अन्य

भिडियो