INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान

स्थानीय शान्ति समिति मोरङले असार ५ गते विराटनगरमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ ।

स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र शान्ति समिति मोरङका संयोजक तथा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा मोरङका २३ जना बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई राज्यले सहयोग गर्नुपर्ने दायित्व रहेको बताए । त्यसैगरी शान्ति समिति संयोजक अछामीले बेपत्ता, शहीद परिवारका कारण देशमा गणतन्त्र स्थापना भएको र जनताको अधिकार स्थापित भएकोले बेपत्ता परिवारप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।

द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूको बारेमा एकीन जानकारी पाउन नसकेको हुँदा अझै पनि आफन्त आउने आशामा रहनु पीडादायी भएको स्थानीय शान्ति समितिका सचिव टिका घिमिरेले बताए । उनले बेपत्ता पारिएका व्यक्तिका आफन्तको पीडा कम गर्न पनि यस्ता सम्मान कार्यक्रमले मद्दत पुर्‍याउने बताए ।

अन्य

भिडियो