२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका-१४ का ४२ वर्षीय राम कुमार सुनारलाई प्रहरीले ०८० जेठ २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले फेसवुक र टिकटक लगायत सामाजिक सञ्जालमा पीडित महिलाको नामबाट नक्कली आइडी खोली अश्लिल तस्बिर र भिडियो अपलोड गरी चरित्रहत्या गरेको भन्दै पीडित पक्षले जेठ २४ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा आरोपितलाई जेठ २८ गते गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालतबाट जेठ २९ गते ६ दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।