INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा टोलका २१ वर्षीय लालु भनिने शशीकान्त दासविरुद्धको मुद्दा जेठ २९ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले मुद्दा मुल्तबीमा राख्ने फैसला भएको स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी नदी पूर्व उत्तरमा रहेको खोला धारमा आरोपितले ०७८ साउन ११ गते बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७८ साउन २५ गते उजुरी दिनु भएको थियो । पीडितको सोही दिन साउन २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन २६ गते उजुरी दर्ता गरेको थियो । आरोपित गिरफ्तार नभए पछि जिल्ला अदालतमा ०७९ साउन ४ गते अभियोजन पत्र दायर भएको थियो ।

अन्य

भिडियो