१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला गरेको छ ।
कैदसँगै १ लाख रूपियाँ जरिबाना, २ लाख रूपियाँ पीडितलाई राहत दिने पीडित राहत कोषमा २ हजार २ सय रूपियाँ उपलव्ध गराउने फैसला गरेको स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ पुस २६ गते प्रलोभन देखाएर बेचबिखन गरेको भन्दै पीडित पक्षले पुस २६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।
बालिकालाई भारततर्फ लैजादै गर्दा भैसाही नाकाबाट प्रहरीले पुस २६ गते गिरफ्तार गरी माघ १९ गते मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी मुद्दा दर्ता गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण पुस २६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको थियो ।