१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ५ लाख रूपियाँ जरिबाना र २० हजार क्षतिपूर्तिको आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ पुस १५ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ पुस १५ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा माघ ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०७९ माघ १० गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ पुस १५ गते गरिएको थियो ।