३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१६ का २८ वर्षीय मार्सल रोकालाई जेठ १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ चैत २६ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनु भएको छ ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।